राष्ट्रिय सभाको बैठक ७ असोजमा बस्ने 

File photo
File photo

राष्ट्रिय सभाको अर्को बैठक ७ असोजमा बस्ने भएको छ। मंगलबारको बैठक ७ असोजसम्मका लागि स्थगित गरिएको हो। 

एमाले सांसदले बैठक चल्न नसक्ने बताए पनि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका थिए।

सो बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ। 

सो प्रस्तावमाथिको छलफल ७ असोजलाई मिति तोकेका सभाध्यक्ष तिमिल्सिनाले अर्को बैठक ७ असोज दिउँसो २ बजे बस्ने जानकारी दिएका हुन्। 

मंगलबार बसेको पहिलो बैठकमा एमालेका सांसदहरूले अवरोध सृजना गरेका थिए। त्यसपछि बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको थियो। 

दोस्रो बैठकलाई एमाले सांसदहरूले उठेर अवरोध सृजना गरे पनि कार्यसूचीमा प्रवेश गराएर प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरिएको हो। 

प्रकाशित मिति: : 2021-09-21 14:10:00

प्रतिकृया दिनुहोस्