सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्रीलाई नियुक्ति गरेको छ।
महानिर्देशक राजन पोखरेलले राजीनामा दिएपछि क्षेत्रीलाई निमित्तको जिम्मेवारी दिइएको प्राधिकरणले जनाएको छ। अनिवार्य अवकास पाउने तयारीमा रहेका पोखरेलले मंगलबार पदबाट राजीनामा दिएका हुन्।
क्षेत्रीलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताको आधारमा निमित्त महानिर्देशकको जिम्मेवारी दिएको हाे। उनले आगामी पुसमा अवकास पाउँदैछन्।
उनी यसअघि त्रिभुवन विमानस्थलको महाप्रबधकसँगै भरतपुर, विराटनगर, भैरहवा, र जनकपुर विमानस्थलकाे प्रमुखसमेत बनिसकेका छन्।