युभेन्ट्सले निकाल्याे पहिलो जित

Photo : SBSsports
Photo : SBSsports

इटालियन सिरी 'ए' फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ।

बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले पहिलो जित निकालेको हो। युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले एक एक गोल गरे।

स्पेजियाका लागि पनि इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले एक एक गोल गरे।

जितसँगै युभेन्ट्सले ५ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा छ।

स्पेजिया भने ४ अंक जोडेर १६ औं स्थानमा रहेको छ।

प्रकाशित मिति: : 2021-09-23 07:02:00

प्रतिकृया दिनुहोस्