बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
पानी तान्ने मोटरबाट करेन्ट लागेर बिहीबार बिहान बाराको जितपूर सिमरा उपमहानगरपालिका ७ का ३४ बार्षीय सर्फुदीन मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।
निर्माणाधीन घरको देवालमाथि पानी हाल्ने क्रममा मोटर चलाउँदा उनलाई करेन्ट लागेर घाइते भएका थिए।
घाइते मियालाई उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए।