थप १२३९ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा १ हजार २३९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने १ हजार ३२४ जना संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६२९ पीसीआर परीक्षणमा ९४१ र ३ हजार ६१४ एन्टिजेन परीक्षणमा २९८ जना गरी १ हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ। योसंगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७२ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २० हजार ७४३ जना रहेका छन्।

प्रकाशित मिति: : 2021-09-23 16:13:00

प्रतिकृया दिनुहोस्