नेपाल-भारत संयुक्त सैन्य अभ्यासमा के-के हुन्छ?

बिबिसी

काठमाडौं

नेपाल र भारतबीच मङ्गलवार सुरु भएको संयुक्त सैन्य अभ्यासमा दुई देशका सेनाले "अन्तर-सञ्चालन" विकास र आतङ्कवाद अनि विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान गर्ने अधिकारीहरूले बताएका छन्।

भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढमा सञ्चालन भइरहेको उक्त अभ्यासअन्तर्गत दुई देशका सैन्य अधिकारीहरूले हिमाली क्षेत्रमा आतङ्कवादविरुद्ध सङ्घर्ष गर्न एकअर्काका शस्त्रास्त्र, उपकरण, रणनीति, प्रविधि र प्रक्रियाहरूबारे पनि जानकारी लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

त्यसबाहेक मानवीय सहायता र विपद् राहत, उच्च भूभाग अनि जङ्गलमा हुने युद्ध लगायतका विषयवस्तुहरूमा पनि प्राज्ञिक छलफल हुने बताइएको छ।

१५ दिन लामो अभ्यास असोज १७ गतेसम्म चल्ने बताइएको छ।

सुर्यकिरण अभ्यास के हो?

नेपाली सेनाका अनुसार नेपाल र भारतीय सेनाबीचको सुर्यकिरण कार्यक्रम लामो समयदेखि सञ्चालनमा छ।

प्रकाशित मिति: : 2021-09-23 16:17:00

प्रतिकृया दिनुहोस्