कोरोना अपडेटः थप १४७६ जना संक्रमित, ९ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा देशभर १४७६ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ६९० वटा स्वाब नमुनाको परीक्षण गर्दा १४७६ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै कोरोनाका कारण पछिल्लो २४ घण्टामा नौं जनाको मृत्यु भएको छ भने योसगैँ संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ। हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या २०२८७ मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: : 2021-09-24 17:03:00

प्रतिकृया दिनुहोस्