हिमालपारीका बालबालिकालाई शैक्षिक सामग्री

Symbolic photo
Symbolic photo

जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ मा रहेको जाङ र हल्जीमा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरिएको छ। 

कोरोना सङ्क्रमणका कारण लामो समयपछि कोरोना कहरमा बन्द रहेका बेला केही दिन अघिदेखि पठनपाठन सुरु गरिएको थियो।  

शैक्षिक गुणस्तर उकास्न सहयोगस्वरूप सामग्री उपलब्ध गरिएको आधार नेपाल हुम्लाका शिक्षा अधिकृत कुन्जोक लामाले जानकारी दिए। 

लिमीका दुई गाउँका ६६ विद्यार्थीलाई सबैखाले शैक्षिक सामग्री सहयोग गरीएको हो। शैक्षिक सामग्रीबाट विद्यार्थीलाई हौसला मिलेको छ। 

शिक्षा क्षेत्रमा सहयोग र अन्यत्र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको आधार विकास नेपाल हुम्लाका शिक्षा अधिकृत लामाले लिमीका विद्यार्थीलाई सहयोग गर्न पाएकामा खुशी व्यक्त गरे।

लिमीका दुई विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सामग्री वितरण गरिएको लामाले बताए। पठनपाठनमा सहजता ल्याउन र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री वितरण गरिएको उनले बताए। प्रतिविद्यार्थी कापी १६, कलम १५, शिसाकलम १२, अन्य सामग्री प्रतिव्यक्ति एकएकका दरले सहयोग गरिएको बताइएको छ। 
 

प्रकाशित मिति: : 2021-09-24 20:02:00

प्रतिकृया दिनुहोस्