लिभिङ टुगेदर : सम्बन्धमा दरार आएपछि प्रेमीले प्रेमिका नै चिन्दैनन्

रातोपाटी

माया श्रेष्ठ

डेढ वर्षसम्मको प्रेम सम्बन्धपछि विशाल पौडेल र रिना मगर (नाम परिवर्तन) ‘लिभिङ टुगेदर’ बस्न थाले। विगत दुई वर्षदेखि उनीहरु लिभिङ टुगेदर बस्दै आएका थिए। पारिवारिक सहमतिबिनै लिभिङ टुगेदर बसेका उनीहरुबीच यतिबेला सम्बन्धमा दरार आएको छ, र, यो विवाद महिला आयोगसम्म आइपुगेको छ।

लामो समय परिवार र समाजको आँखा छलेर बसिसकेपछि रिनाले यो सम्बन्धलाई विवाहमा परिणत गर्न आग्रह गरेपछि विशालले असहमति जनाए। त्यही असहमति बढ्दै गएपछि उनीहरुको विवाद यतिबेला उत्कर्षमा पुगेको छ।  विवाहपछि मात्रै बच्चा जन्माउने योजना दुवैले बनाएकाले असावधानिवश बसेको गर्भलाई पनि रिनाले पतन गराइन्। पूर्व योजना अनुसार पढाइ सकेर राम्रो जागिर सुरु गरेपछि पारिवारिक अनुमतिमा वैवाहिक जीवनमा बाँधिने कुरालाई व्यवहारमा लागू गर्न कुनैपनि हालतमा विशाल तयार भएनन्। बरु उल्टै रिनालाई शारीरिक  र मानसिक तनाव दिन थाले।

प्रकाशित मिति: : 2021-09-26 19:58:00

प्रतिकृया दिनुहोस्