गोरखापत्र संस्थानको अध्यक्षमा विष्णुप्रसाद सुवेदी नियुक्त

file foto
file foto

सरकारले गोरखापत्र संस्थानको अध्यक्ष पदमा विष्णप्रसाद सुवेदी (गुल्मी) लाई नियुक्त गरेको छ। सोमबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।

बैठकपछि निर्णयहरु सुनाउँदै सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले रिक्त रहेको गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा नियुक्त गरिएको जानकारी दिए।

त्यस्तै सोमबारको बैठकले सार्वजनिक पद धारण गर्ने व्यक्तिको सपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसद समक्ष पेस गर्ने स्वीकृती गर्ने लगायत अन्य ७ निर्णय गरेको छ।

प्रकाशित मिति: : 2021-09-27 19:28:00

प्रतिकृया दिनुहोस्