वेटर हुँदै 'कफी घर'को यात्रा : यस्तो छ पोखराका सोभितको संघर्ष र सफलताको कथा

पहिलोपोष्ट

काठमाडौं

 १५ वर्षमा एसएलसी सकाएपछि पढाईलाई निरन्तरता दिने रहर थियो सोभितको। जीवनमा उडान भर्न पखेटा हाल्नु थियो उनलाई। २०६५ सालमा एसएलसी पास गरी पोखरा आए सोभित। पर्वतका उनको पोखरा मामाघर। नयाँ थिएन पोखरा। तर परिवारको जिम्मेवारीले काम गर्नुपर्ने बाध्यता सिर्जना भयो।

कम उमेर, भर्खरै एसएलसी। सोचे अनुसारको जागिर पाउन मूश्किल।

पोखरा आएको पहिलो हप्तामा एक रेष्टुरेन्टमा 'वेटर'को जिम्मेवारी पाए सोभितले। वेटरको काम परिआए भाँडा माँझ्नेदेखि शौचालय सफा गर्नेसमेत भ्याउनुपर्ने। दिनभरी खटिएर गरेको कामले आफ्नो ज्यानलाई मात्र पुग्ने। सोभितको काँधमा परिवारको जिम्मेवारी पनि त थियो। आफूलाई नपुग्ने तलबले परिवारको खुशी कसरी समेट्न सकिन्थ्यो?

सोभितलाई यि र यस्तै चिन्ताले पिरोलिरहन्थ्यो। यस्तै समस्याले सोभितमा केही गर्ने हुटहुटी पलायो। त्यहीँ हुटहुटीले पोखराको सानो रेस्टुरेन्टको वेटरदेखि ठूला रेस्टुरेन्ट, होटलमा वेटर हुँदै म्यानेजर पदमा रहेर काम गरे। फरक फिल्ड फरक सोचाई मन पराउने सोभित होटल लाइनबाट पोखरा एयरपोर्टमा समेत आबद्ध रहेर हेलि एयर नेपालको म्यानेजरका रुपमा दुई वर्ष काम गर्ने अवसर पाए।  तर १० वर्षे जागिरे जीवनबाट पनि उनलाई सन्तुष्टि मिल्न सकेन।

प्रकाशित मिति: : 2021-09-29 07:47:00

प्रतिकृया दिनुहोस्