नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भएका छन्।
अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएको उनको नीजि सचिवालयले जनाएको छ। सचिवालयका अनुसार पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट नेगेटिभ आएको छ।
नेपालको अवस्था सामान्य रहेको र घरमै आराम गरिरहेको सचिवालयले जनाएको छ। उनी सोमबार बेलुकाबाट अस्वस्थ भएका हुन्।