नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।
उनको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएको थियो। ज्वरो र खोकीको समस्या देखिएका कारण त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह अनुसार अस्पताल भर्ना गरिएको सचिवालयले जनाएको छ। उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेका छन्।
स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा हुने भेटघाट बन्द गरिएको उनको सचिवालयले बताएको छ।