युइएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडले भिल्ला रियललाई पराजित गरेको छ।
बुधबार राति सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम मिनेटमा गरेको निर्णायक गोलमा युनाइटेड २-१ गोल अन्तरले विजयी भएको हो।
युनाइटेडका लागि एलेक्स टेलेजले खेलको ६०औ मिनेटमा गोल गरेका थिए भने रोनाल्डोले खेलको ९५औं मिनेटमा गोल गरेका थिए।
त्यस्तै भिल्ला रियलका लागि खेलको ५३औ मिनेटमा पाको अल्कासेरले गोल गर्दै शुरुवाती अग्रता दिलाएका थिए।
यो खेलसँगै रोनाल्डो च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा बढी १७८ खेल खेल्ने खेलाडी बनेका छन्। उनले यस अघि इकर कासीलासको १७७ खेलको रेकर्डलाई बराबरी गरेका थिए।
त्यस्तै रोनाल्डो च्याम्पियन्स लिगमा सबैभन्दा बढी गोल गर्ने खेलाडी पनि हुन्। उनले अहिलेसम्म १३६ गोल गरेका छन्।