थप १०६६ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्‍यु

Symbolic photo
Symbolic photo

देशभर पछिल्लो २४ घण्टामा एक हजार ६६जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा १० हजार १ सय १३ पीसीआर परीक्षण गर्दा ८९८ जना र ३ हजार २५५ एन्टिजेन परीक्षण गर्दा १६८ गरी १ हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १८ हजार ११५ रहेको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ९३८ जना कोरोनाबाट मुक्त भएका छन्। योसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६९६ पुगेको छ।

यस्तै कोरोनाबाट पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ। अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १४८ जनाको निधन भइसकेको छ।  

प्रकाशित मिति: : 2021-10-01 17:17:00

प्रतिकृया दिनुहोस्