सुदूरपश्चिममा थप दुई कोरोना संक्रमितको मृत्यु

Symbolic photo
Symbolic photo

सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन बिधिबाट एक हजार तीन सय ६२ जनाको नमूना परीक्षण गर्दा २६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

पीसीआर बिधिमार्फत परीक्षण गरिएकामध्ये सेती प्रादेशिक अस्पतालमा दश, जिल्ला अस्पताल बैतडीमा पाँच, महाकाली र डडेल्धुरा अस्पतालमा दुई/दुई जनामा सङ्क्रमण पुष्टि भएको हो।

त्यस्तै एन्टिजेन विधिमार्फत परीक्षण गरिएकामध्ये कञ्चनपुरमा पाँच र दार्चुलाका दुई जनामा सङ्क्रमण देखिएको हो।

यस्तै सो अवधिमा प्रदेशभर २६ जनाले कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सङ्क्रमणका कारण दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कैलालीका ९० र ७० वर्षीय पुरुष छन्। यसअघि बिहीबार यस प्रदेशमा ३५ जनामा कोरोना भाइरस सङ्क्रमणको  पुष्टि भएको छ भने ३९ जना सङ्क्रमणमुक्त भएका छन्।

प्रकाशित मिति: : 2021-10-01 18:06:00

प्रतिकृया दिनुहोस्