सुरुवाती अग्रता जोगाउन नसक्दा म्यानचेष्टर युनाईटेड इंग्लिस प्रिमियर लिग (इपीएल) फुटबलमा बराबरीमा रोकिएको छ।
शनिबार अपराह्न भएको खेलमा युनाईटेड एभर्टनसँग १–१ गोलअन्तरको बराबरीमा रोकिएको हो।
घरेलु मैदानमा ४३औं मिनेटमा एन्थोनी मार्सियलले युनाईटेडलाई अग्रता दिलाएका थिए। खेलको ६५औं मिनेटमा एन्द्रोस टाउनसेन्टले गोल गर्दै एभरटनलाई १–१ गोलको बराबरीमा ल्याए।
बाँकी समय दुबै टोलीले गोलका लागि अवसर बनाए पनि सदुपयोग गर्न सकेनन्। खेलमा क्रिष्टियानो रोनाल्डोले खासै प्रभाव बनाउन नसकेपछि उनलाई दोस्रो हाफमा परिवर्तन गरिएको थियाे। खेलको ८५ मिनेटमा एभर्टनले गोल गरे पनि भारले त्यसलाई मान्यता दिएन।
युनाईटेड ७ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ। बराबरीसँगै युनाईटेडले शीर्षस्थानमा पुग्ने मौका समेत गुमायो। एभर्टन १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।