चेल्सी शीर्ष स्थानमा, आर्सनल भने गोलरहित बराबरीमै राेकियाे

Photo : Getty image
Photo : Getty image

पाँचौ खेलमा जित निकाल्दै चेल्सी इंग्लिस प्रिमियर लिग फुटबल  (इपीएल) मा शीर्ष स्थानमा उक्लिएको छ।

शनिबार राति भएको खेलमा चेल्सीले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले पराजित गरेकाे हाे। घरेलु मैदान स्टाम्फोर्ड ब्रीजमा चेल्सीलाई जित दिलाउन टिमो वेर्नेर, बेन चिलवाल र ट्रेभो चालोभाले १/१ गोल गरे। साउथह्याम्पटनका जेम्स वार्डले १ गोल फर्काए।

खेलको ७७औँ मिनेटमा साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो। जितसँगै चेल्सीले ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ।

साउथह्याम्पटन ४ अंक जोडेर १७औँ स्थानमा छ।

शनिबार राति नै भएको इपीएल खेलमा आर्सनलले ब्राइटनसँग गोलरहीत बराबरी खेल्दै अंक बाँडेको छ। लिड्स युनाइटेडले वाडफोर्डलाई १-०, उल्भ्सले न्युक्यासल युनाईटेडलाई २-१ ले पराजित गर्दा बर्नली र नर्विच सिटीले गोलरहीत बराबरी खेले।

 

प्रकाशित मिति: : 2021-10-03 07:44:00

प्रतिकृया दिनुहोस्