गृह मन्त्रालयले थप ११ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। शुक्रबारको निर्णयअनुसार गृह मन्त्रालयले ११ जिल्लाका सिडिओको सरुवा गरेको हो।
स्रोतका अनुसार कास्कीको सिडिओमा जयनारायण आचार्यलाई पठाइएको छ। कास्कीमा सिडिओ रहेका थानेश्वर गौतमलाई सात महिना पनि नपुग्दै त्यहाँबाट गरिएको छ।
यसैगरी गृहका सहसचिव कमलराज ढकाललाई भोजपुर पठाइएको छ भने विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सुशील वैद्यलाई लमजुङको सिडिओमा खटाइएको छ।
महोत्तरीमा वासुदेव दाहाल, डोटीमा शंकरबहादुर विष्ट, डडेल्धुरामा मोहनराज जोशी, नवराज जैसीलाई रसुवामा सरुवा गरिएको छ।
म्याग्दीमा चिरञ्जीजी राना, मुगुमा रोमबहादुर महत, तेह्रथुममा अनुज घिमिरे तथा मनाङमा रविन्द्र आचार्यलाई पठाइएको छ।