नेपाली कांग्रेस टोखा नगरपालिकाको सभापतिमा ओमकृष्ण बिमली निर्वाचित भएका छन्। कांग्रेस टोखा नगरपालिकाको आज बिहान सम्पन्न मतपरिणामअनुसार विमलीले अर्का उम्मेदवार दीपकराज जोशीलाई पराजित गर्दै निर्वाचित भएका हुन्।
टोखाको दुई उपसभापतिमा मनराज अधिकारी र ऋषिराम अर्याल, दुई सचिवमा नरेन्द्र बानियाँ र द्वारिका कुइँकेल, दुई सहसचिवमा विजेन्द्र श्रेष्ठ र सीता प्रजापति विजयी भएका हुन्। टोखामा ११ वडा रहेका छन्।
यस्तै, काँग्रेस नागार्जुन नगरपालिकाको सभापतिमा दुर्गाप्रसाद गौतम विजयी भएका छन्। आज बिहान सम्पन्न मतपरिणाअनुसार गौतमले १२८ मत ल्याएर विजय भएका हुन्। उनका प्रतिद्वन्द्वी अच्युत पाण्डेले ७८ मत प्राप्त गरे। यस्तै, दुई उपसभापतिमा लेखनाथ काफ्ले र नवराज पुरी, दुई सचिवमा कृष्ण दाहाल र रवीन श्रेष्ठ र दुई सहसचिवमा अमृत लामिछाने र सविन गौतम विजयी भएको निर्वाचन समितिले जनाएको छ। नागार्जुन नगरपालिकामा १० वडा रहेका छन्।
काठमाडौँका पालिकामा शनिबार पालिका अधिवेशन घोषणा गरेपनि शनिबार दक्षिणकाली नगरपालिकाबाहेक सबै पालिकामा अधिवेशन कार्य प्रारम्भ भएको छ।