अपराधको ग्राफ उक्लँदो : जबर्जस्ती करणीका घटनामा आफन्तकै कनेक्सन!

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : महिला तथा बालबालिकामाथि हुने हिंसाजन्य घटनाहरु पछिल्लो समय बढ्दै आएको देखिएको छ।

पप्रहरी तथ्यांकअनुसार प्रत्येक वर्ष महिला तथा बालबालिकामाथि हुने जबर्जस्ती करणी, बोक्सीको आरोप, बालयौन दुर्व्यवहार,  बालविवाह, घरेलु हिंसा लगायतका अराधहरू बढ्न थालेको हो। महिलामाथि धेरैजसो बोक्सीको आरोप, अप्राकृतिक मैथुन, बालविवाह,  घरेलु हिंसा लगायतका घटना बढेको देखिएको छ।

आर्थिक वर्ष २०७७/ ७८ मा ६१ वटा बोक्सीको आरोपमा महिलामाथि यातना दिएको देखिन्छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा झन्डै ८० प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७६/ ७७ मा ३४ वटामात्र बोक्सीसम्बन्धी घटना प्रहरीमा दर्ता भएका थिए।

त्यस्तै, बाल विवाहका घटनामा पनि दुई आर्थिक वर्षको तुलना गर्दा ३१ प्रतिशत बढेको नेपाल प्रहरीका प्रवक्ता वसन्त कुँवरले जानकारी दिए। आर्थिक वर्ष २०७६/७७ मा ६४ वटा बाल विवाहविरुद्ध मुद्दा दर्ता भएका थिए। तर, आर्थिक वर्ष २०७७/७८ मा यो सङ्ख्या बढेर ८४ पुग्यो। त्यस्तै, बाल यौन दुराचारका घटना पनि २० प्रतिशतले वृद्धि भएको देखिन्छ। आर्थिक वर्ष २०७७/७८ मा २ सय ७९ वटा घटना बालयौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएका थिए। त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा २ सय ३२ वटा घटना दर्ता भएका थिए। यस्ता घटनामा विदेशी नागरिकहरूको संलग्नता देखिएको छ।

प्रकाशित मिति: : 2021-10-05 09:37:00

प्रतिकृया दिनुहोस्