फ्रान्समा तीन हजार पादरीले गरे दुई लाख बालबालिकामाथि यौन–दुर्व्यवहार

फाइल तस्वीर
फाइल तस्वीर

फ्रान्समा पादरीहरूले दुई लाखभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको खुलासा भएको छ। सन् १९५० पछि हजारौं पादरीले २ लाख १३ हजारभन्दा बढी बालबालिकालाई यौन दुव्र्यवहार गरेको एउटा स्वतन्त्रत छानबिन आयोगले देखाएको छ। यौन दुव्र्यवहारका घटना दबाउन चर्च र पादरीले अनेकौं प्रयास गरेको पनि पनि छानबिनका क्रममा खुलासा भएको छ। 

बाल यौनदुराचारका घटनामा रोमन क्याथोलिक चर्चहरुमा तानिएका विवरण सार्वजनिक भएपछि यसबारे गहिरो अनुसन्धान गरिएको थियो । करिब तीन हजार पादरीले नियोजित ढंगले बालबालिकामाथि दुव्र्यवहार गरेको छानबिन आयोगका प्रमुख जीन मार्क साउभले जानाकारी दिए।

पीडितमध्ये करिव ८० प्रतिशत पुरुष छन्। चर्चले वर्षौदेखि बालबालिकामाथि निर्दयी व्यवहार प्रदर्शन गरेको साउभले बताए। 

दुव्र्यवहारबाट जोगाउन चर्चले रोकथामका आवश्यक कदम नचालेको र कहिलेकाही अभिभावक स्वंयमले दुव्र्यवहारप्रति चासो नदिएको उनले बताए। 

प्रकाशित मिति: : 2021-10-06 12:26:00

प्रतिकृया दिनुहोस्