नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेकपाका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'बीच भेटवार्ता भएको छ।
सिंहको निवास चाक्सीबारीमा नेताद्वयबीच भेटवार्ता भएको हो।
भेटमा पछिल्लो मुलुकको समसामयिक राजनीतिक अवस्थाको विषयमा छलफल भएको सिंहका प्रेस सहयोगी यूपी लामिछानेले जानकारी दिए।