‘हामीजस्ता गरिबका लागि के-को दसैं?’

देशसञ्चार

काठमाडौँ

 पूर्णिमा बिक

‘दसैं आयो ..! दसैं आयो…! भन्दै भरियाहरु पिठ्यूँको भारी गन्तव्यसम्म पुर्‍याउन निकै आतुर थिए। उनीहरुलाई पनि अरुजस्तै दसैं लागेको छ। फरक यति हो, उनीहरु पैसाका लागि भारी बोक्न महाबौद्धमा थिए भने अरु सामान किन्न।

यसपालिको दसैं राम्रोसँग मनाउन उनीहरु दुई/चार पैसाको जोहोका लागि काममा निकै व्यस्त देखिन्थे। निकै फूर्तिला भएर एक–अर्कोसँग गर्फिँदै त कोही भीडभाड पन्छ्याउन सिट्टी (मुखबाट बजाएर) बजाउँदै हतार–हतार हिँडिरहेका थिए, कोही थकाइ मार्दै।

महाबौद्ध चोकका मन्दिरमा थकाइ मार्दै थिए, दोलखाको कालिञ्चोक गाउँपालिका वडा नं–३ झ्याङका ४५ वर्षीय कृष्णा बुढाथोकी। उनी दसैं खर्च जोहोका लागि काठमाडौँ आएका हुन्। उनी काठमाडौँ आएको महिना दिन भयो। उनी अक्सर दसैंका बेला भारी बोक्ने काम गर्न काठमाडौँ आउँछन्।

प्रकाशित मिति: : 2021-10-06 19:55:00

प्रतिकृया दिनुहोस्