नेपाली कांग्रेस बाजुराको सातौँ जिल्ला अधिवेशनमा मतगणनाको अन्तिम नतिजा प्रकाशन भएको छ। बाजुराको नेपाली कांग्रेसको एक हजार दुई सय १२ मध्ये एक हजार दुई सय पाँच मत खसेको थियो।
बुधबार बिहान ६ बजेदेखि गणना सुरु गरिएको मत गणनाको परिणाम अनुसार सभापतिका उम्मेदवार कविराज पण्डितले चार सय ८९ मत ल्याएका छन भने रामसिंह रावलले चार सय ७४ मत ल्याएका छन्। त्यसैगरी, स्वतन्त्र उम्मेदवार चक्र शाह एक सय ५२ मतमा सीमित भए।
सभापतिका दुईजना पहिलो हुने पण्डित र दोस्रो हुने रावलबीच पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ। सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नल्याएकोमा फेरि मतदान हुने विधानमा रहेको निर्वाचन समितिले जनाएको छ।
जम्मा खसेको मतको ५१ प्रतिशत भनेको ६ सय १५ मत ल्याउनु पर्नेमा कसैको नआएकोले पुनः मतदान हुने निर्वाचन समितिले जनाएको छ।
निर्वाचनमा देउवा पक्षबाट कविराज पण्डितको सभापतिसहितको टिम थियो भने पौडेल–सिटौला पक्षबाट रामसिंह रावलसहितको टिम थियो। त्यस्तै मध्यमार्गी टिमबाट चक्र बहादुर शाहाको प्यानल थियो।
त्यसैगरी उपसभापतिमा नारायण पाध्याय सात सय ४८, पदम बडुवालको सात सय ५६ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी शेरबहादुर खातीको चार सय ३२ मत प्राप्त गरी पराजित भएका छन्।
सचिवमा तिलकराज पुरी र भरतबहादुर रोकाया विजयी भएका छन्। सहसचिवमा कृष्णराज पाध्याय र सुरेन्द्रबहादुर सिहं विजयी भएका छन्।
सदस्यमा कृष्णराज उपाध्याय र धनलाल पाध्याय विजयी भएका छन्। बुढिगंगा नगरपालिकाबाट महिला सदस्य सुर्जादबी रावल र पुरुष सदस्यमा प्रेम थापा र बलबहादुर थापा विजयी भएका छन्।
त्यस्तै त्रिबेणी नगरपालिकामा सदस्यमा करिस्मा ऐडी, राजेन्द्र खत्री र जुद्धबहादुर ऐडीले विजयी भएका छन्। खप्तड छेडेदह गाउँपालिकामा धर्मा बुढाको र कुम्भनाथ योगी विजयी भएका छन्।
स्वामिकार्तिक गाउँपालिकामा अप्सरा शाही र हिक्मत बहादुर बुढा विजयी भएका छन्। खस आर्य खुला सदस्यहरुमा अन्तिमबहादुर शाही, अशोकबहादुर दानी, कपुर अधिकारी, जयन्द्र शाह, देवबहादुर रोकाया, मोहनबहादुर भाट विजयी भएका छन्।
दलित जनजाति समूहबाट तनि थापा भोटे, साइमल ल्वार र वीरभान ल्वार र अपाङग अल्पसंख्यबाट कृष्णकुमार गिरी विजयी भएका छन्।