एनआरएनए आईसीसी महिला संयोजकमा उमा कार्की थापाको उम्मेदवारी

फाइल तस्वीर
फाइल तस्वीर

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आईसीसी महिला संयोजकमा उमा कार्की थापाले उम्मेदवारी घोषणा गरेकी छन्।

अमेरिकामा रहँदै आएकी उनले आसन्न एनआरएनएको महाधिवेशनमा आईसीसी महिला संयोजक पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन्।

गणेश तीर्थ फाउण्डेसनकी अध्यक्षसमेत रहेकी उनी  एनआरएन अमेरिकाको २०१९–२०२१ को क्षेत्रीय महिला संयोजक हुन्। एनआरएनए अमेरिकाको २०१७–२०१९ को उपाध्यक्ष रहेकी उनी एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजक पनि भइसकेका छिन्।

एनआरएनएको टाक्सफोर्सको पूर्वसदस्य उमा वेष्ट अमेरिका नेप्लिज एसोसिएसनको संस्थापक अध्यक्ष हुन्। अमेरिका नेपाल एकता समाजकी पूर्वउपाध्यक्ष तथा अध्यक्ष उमा सन् २००८–२०१२ सम्म साउथ एसिएन नेटवर्कमा पनि आवद्ध रहिन्। 

प्रकाशित मिति: : 2021-10-07 15:49:00

प्रतिकृया दिनुहोस्