पोखरामा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेकाे हो।
पोखरा ३० गगनगौडा पावरहाउसमा सवारी साधन चेकजाँच गर्ने क्रममा रुपन्देही साबिक पटखोली गाविस-४ परिवर्तित ओमसतिया गाउँपालिका-५ रामसेबक लोधको छोरा ३७ वर्षीय हरिहर लोध पक्राउ परेका हुन्।
उनले लुकाई छिपाई ल्याउँदै गरेको लागू औषध डाईजापाम १५८ एम्पुल, नुर्फिन १५८ एम्पुल, फेनार्गन १५९ एम्पुल गरी जम्मा ४७५ एम्पुल, नाईट्रोभ्याट ट्याब्लेट १३५ चक्की र मोबाईल १ थानसहित फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए।