सुदूरपश्चिममा थप ९ जनामा सङ्क्रमण पुष्टि

Symbolic photo
Symbolic photo

सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। 

गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ८५२ जनाको नमूना परीक्षण गर्दा ९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ। 

तीन जनामा आरटी पीसीआर र छ जनामा एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा सङ्क्रमण देखिएको हो। पीसीआर विधिमार्फत डडेल्धुरा अस्पतालमा दुई र महाकाली अस्पतालमा एक जनामा सङ्क्रमण पुष्टि भएको हो। 

एन्टिजेन विधिमार्फत कञ्चनपुरमा चार र कैलालीका दुई जनामा सङ्क्रमण देखिएको हो। यस्तै गएको २४ घण्टामा प्रदेशभर २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। 

प्रकाशित मिति: : 2021-10-08 21:28:00

प्रतिकृया दिनुहोस्