बर्दियामा हात्तीको आक्रमणबाट एक युवकको मृत्यु

Symbolic photo
Symbolic photo

बर्दियामा हात्तीको आक्रमणमा परी एक युवकको मृत्यु भएको छ।

राजापुर नगरपालिका वडा नं. १० झप्तीस्थित गेरुवा कर्णाली नदी किनारको बाटोमा हात्तीले आक्रमण गर्दा सोही ठाउँका ३५ वर्षीय बेचन दहितको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

तर दहितलाई हात्तीले कहिले आक्रमण गरेको भन्ने खुलेको छैन। घरदेखि १ किलोमिटर पूर्वतर्फ हात्तीको आक्रमणबाट दहितको मृत्यु भएको खबर आज बिहान साढे ६ बजे प्रहरीलाई प्राप्त भएको थियो।

त्यसपछि ईलाका प्रहरी कार्यालय राजापुर बर्दियाबाट प्रहरी निरीक्षक सन्तोष घिमिरेको कमाण्डको टोलीले दहितको शवलाई जिल्ला अस्पताल गुलरिया बर्दियामा लगेको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीले जानकारी दिए।

प्रकाशित मिति: : 2021-10-10 12:18:00

प्रतिकृया दिनुहोस्