चितवनमा पर्यटक बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु

Symbolic photo
Symbolic photo

चितवनमा पर्यटक बोक्ने बसको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको छ।

आइतबार दिउँसो साढे तीन बजेको समयमा चौविसकोठीबाट पटिहानी्त्र्फ् जाँदै गरेको बा १ प १२८४ नम्बरको पर्यटक बसको ठक्करबाट भरतपुर महानगरपालिका–७ विकास चोकमा पैदल हिँडिरहेका बालकको मृत्यु भएको हो।

बसको ठक्करबाट बालकको घटनास्थलमा नै मृत्यु भएको हो। प्रहरीले भने घटनास्थलबाट उद्दार गरेर भरतपुर अस्पताल पुर्‍याएपछि अस्पतालले मृत घोषणा गरेको बताएको छ। प्रहरीले बालकको पहिचान खुलाएको छैन।

विकास चोक बस्ने ४६ वर्षीया मामाघरकी हजुर आमा सूर्यकुमारी लामिछानेसँग बाटोमा हिँडिरहेका बालकलाई बसले ठक्कर दिएको हो। स्थायी घर माडी भएका बालक मामाघरमा बसेर पढ्दै आएका थिए।  दुर्घटना देखेर बालककी हजुर आमा लामिछाने अचेत बनेकी छन्।

उनको शरीरमा बाहिरी चोट भने नदेखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए। बस चालकलाई नियन्त्रणमा लिइएको उनले बताए। 

प्रकाशित मिति: : 2021-10-10 17:46:00

प्रतिकृया दिनुहोस्