नेपाल घुम्न आएका भारतीयको तिनाउ ‘ड्यामसाइड’मा डुबेर गयो ज्यान

पाल्पाको तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्दे क्रममा बेपत्ता भारतीय नागरिकको शव फेला परेको छ।

गत बिहीबार पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउखोलाको ड्यामसाईडमा पौडी खेल्ने क्रममा १८ वर्षिय सोयव अन्सारी डुबेर बेपत्ता भएका थिए।

भारतको नौतुना घर भएका अन्सारी नेपाल भ्रमणको लागि आएको बताइएको छ। उनको शव नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त उद्दार टोलीले शनिबार दिउँसो फेला पारेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बेपत्ता अन्सारीको खोजीका लागि नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश बुटलबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज खटिएको थियो।

प्रकाशित मिति: : 2025-05-24 12:39:00

प्रतिकृया दिनुहोस्