गायन रियालिटी शो ‘द भ्वाइस किड्स’ कार्तिक बाट प्रसारणमा आउने भएको छ। दोस्रो साताबाट हरेक शुक्रवार र शनिवार बेलुकी ८ बजेदेखि हिमालय टिभीबाट शो प्रसारण हुने भएको हो।
‘द भ्वाइस किड्स नेपाल’ मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन्स। सहभागिता जनाएका १० हजार भन्दा बढी बालबालिकालाई ‘ब्लाइन्ड अडिसन’मा सहभागी गराइने छ। शोमा गायकद्धय राजु लामा र प्रमोद खरेल कोचको रूपमा रहेका छन्।
यस्तै, कोचकै रूपमा गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी पनि रहेका छन्। बालबालिकाहरूको गायन प्रतिभालाई उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको शो मा १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले भाग लिएका छन्।