दशैंमा किन हुन्छ धेरै सवारी दुर्घटना? अनि यसको जिम्मेवार को?

पहिलोपोष्ट

काठमाडौं

 मंगलवार मुगुको छायाँनाथ रारा नगपालिका वडा नम्बर ७ पिनातपने खोलामा बस दुर्घटना भयो। दशैंमा ३२ जनाको ज्यान जाने गरी भएको दुर्घटनाले सबैलाई मन अमिलो बनायो।

बस सडकबाट २/३ सय मिटर तल झरेको थियो। बसमा ४५ जना यात्रु सवार भएको अहिलेसम्म खुलेको छ। दुर्घटनाका कारण अहिलेसम्म खुलेको छैन। तर, प्रारम्भीक अनुसन्धानमा बसको टायर पञ्चर भएकाले हुनसक्ने अनुमान गरिएको छ। त्यस्तै, लोड तान्न नसकेर हो कि भन्ने पाटोबाट पनि अनुसन्धान गरिँदैछ।

चाडपर्व सुरु भएसँगै काठमाडौं लगायत अन्य स्थानमा सवारी दुर्घटनाहरू बढ्ने गरेको देखिएको छ। त्यसैले प्रहरीले चाडपर्वलाई लक्षित गरेर ट्राफिक प्रहरीको सक्रियतासमेत बढाउने गरेको छ। मादक पदार्थ सेवन, लापरबाहीको र यान्त्रिक गडबडीको कारण दुर्घटना हुने गरेका छन्। यस्ता दुर्घटनामा सयौँ मानिसले अकालमै जीवन गुमाउनु परेको छ।

प्रकाशित मिति: : 2021-10-13 17:08:00

प्रतिकृया दिनुहोस्