चार घण्टाको 'रेकी' : जब प्रहरी झगडा भएतिर दौडियो, त्यही मौकामा लुटेराको समूह बैंक छिर्‍यो

पहिलोपोष्ट

काठमाडौँ

श्याम मुखियाले पाँच वर्षअघि मोरङमा होजियारीको व्यापार सुरु गरे। व्यापार थाल्न उनीसँग गोजीमा मनग्गे पैसा थिएन। त्यसैले, ऋण लिएर व्यापार सुरु गरेका थिए। उनले जसरी फाइदाको आशामा व्यापार थालेका थिए, त्यसो भएन।

व्यापारले मुखियालाई डुबायो। १० लाख ऋण काडेर थालेको व्यापारबाट न ब्याज तिर्न सके न त सावाँ नै। झन् कोरोना संक्रमण भन्दै लकडाउन भएपछि थप व्ययभार। ऋण दिने साहुहरु दैनिक व्याज र सावाँ माग्न मुखियाको घर धाउनेक्रम बढ्यो।

आर्थिक भारले श्याम यसरी थिचिए कि उकासिन सजिलो थिएन। उनले आफ्नो समस्या सीमापारी मामा पर्ने एक जनालाई  सुनाएका थिए। त्यही कुरा भारतको अररिया गोराहा ४ बस्ने ३० वर्षीय विजय सहनीलाई पनि सुनाएका थिए। विजयले मुखियालाई चिन्ता नगर्न भन्दै केही उपाय खोज्ने ढाडस दिए। त्यसपछि उनले मुखियालाई ऋणको व्याजमात्र होइन सावाँसमेत तिर्ने उपाय सिकाए।

विजयले मुखियालाई दिएको उपाय अहिले उनीहरु दुवैका लागि १० लाखको ऋणभन्दा महँगो सावित भएको छ। विजयले मुखियालाई पैसा लुट्ने योजना सुझाएका थिए। मुखियाले पनि उनको योजनामा साथ दिए। लुटेर पैसा तिर्ने योजना बनाएका थिए उनीहरुले। पहिलो लुट त उनीहरुको सफल भयो। तर, सोचेको जस्तो रकम हात लागेन। दोस्रो पटक उनीहरुले बढी रकम लुटे। तर, समातिए पनि।

प्रकाशित मिति: : 2021-10-21 11:55:00

प्रतिकृया दिनुहोस्