सेयर बजारमा दोहोरो अंकको गिरावट

File Photo
File Photo

साताको अन्तिम कारोबार दिन आज (बिहीबार) सेयर बजार पुन: ओरालो लागेको छ। उचारचढावका बीच सेयर बजार दोहोरो अंकले घटेको हो हो।

आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक १४.७० अंकले घटेर २५५६.९५ बिन्दुमा पुगेको छ। नेप्से ०.५७ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि ०.६५ अंकले घटेर ४८३.३९ बिन्दुमा पुगेको छ।

बिहीबार कुल २१६ कम्पनीको ६१ लाख ६ हजार ४५२ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६३ करोड ५३ लाख ९० हजार ४६० रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

कुल १३ उपसमूहमा २ वटा उपसमूहको सेयर बढेको छ भने बाँकी ११ वटा समूहको सेयर मूल्य घटेको छ। बिहीबार मेरो माइक्रोफाइनान्स कम्पनीको सेयर मूल्यमा सारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति: : 2021-10-21 15:50:00

प्रतिकृया दिनुहोस्