वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा थप तीन समिति विस्तार

वीरगञ्ज उद्योग वाणिज्य सङ्घले थप तीन समितिहरू विस्तार गरेकाे छ।

विस्तारित समितिमा निर्यात, आयात तथा लगानी प्रबद्र्धन समिति, खेलकुद समिति र कन्टेनर कार्गो ह्याण्डलिङ्ग समिति रहेका छन्।

निर्यात, आयात तथा लगानी प्रबद्र्धन समितिको संयोजकमा हेमन्त वैध, खेलकुद समितिको संयोजकमा सौरभ केडिया तथा कन्टेनर कार्गो ह्याण्डलिङ्ग समितिमा यश अग्रवाल (टेमानी) मनोनयन भएका छन्।

कार्यक्रममा सङ्घका अध्यक्ष डा. सुबोधकुमार गुप्ताले समितिहरूको काम–कारवाही प्रभावकारी ढङ्गबाट अगाडि बढाउनु हुने छ भनी विश्वास लिएको बताएका छन्। साथै सङ्घ अन्तर्गत रहेका समितिहरुले आफ्नो लक्ष्य प्राप्त गर्न सकेको खण्डमा मात्र सङ्घले आफ्नो समग्र उद्देश्य पूरा गर्न सहज हुने बताए।

समितिका संयोजकहरुले आपूmहरु माथि विश्वास गरी समितिको संयोजकमा मनोनयन गरेकाेमा आभार प्रकट गर्दै आ–आफ्नो समितिको काम कारवाही आफूहरुले भ्याएसम्म सक्षमतापूर्वक अगाडि बढाउने बताएका थिए।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दासको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: : 2021-10-22 08:35:00

प्रतिकृया दिनुहोस्