इंग्ल्याण्डले पहिलोपटक वेस्ट इन्डिजलाई हरायो

photo:AFP
photo:AFP

इंग्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा विजयी सुरुआत गरेको छ। शनिबार राति भएको खेलमा साविक विजेता वेस्ट इन्डिजलाई ६ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सुखद सुरुआत गरेको हो।

वेस्ट इन्डिजले दिएको ५६ रनको सामान्य लक्ष्य इंग्ल्यान्डले ८ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहँदै २४ रन बनाए। 

वेस्ट इन्डिजका अकिल होसेनले २ तथा रभी रामपालले १ विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले १४ ओभर २ बलमा अलआउट हुँदै ५५ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि क्रिस गेलले सर्वाधिक १३ रन जोडे। वेस्ट इन्डिजलाई सस्तैमा समेट्न इंग्ल्यान्डका आदील राशिदले ४ विकेट लिए।

यससँगै इंग्ल्यान्डले पहिलो पटक टी-ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजलाई हराउन सफल भएको छ।

जितसँगै सुपर १२ को समूह १ मा रहेको इंग्ल्यान्डले २ अंक जोडेको छ। वेस्ट इन्डिजले भने हारबाट प्रतियोगिताको सुरुआत गरेको छ।

प्रकाशित मिति: : 2021-10-24 07:07:00

प्रतिकृया दिनुहोस्