एमाले वा कांग्रेस कुन घरमा अट्दैछन् धेरै रङका नेपाली?

सेतोपाटी

काठमाडौं

सन्जिब बगाले/प्रशन्न पोखरेल

देशका दुई प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेस महाधिवेशनको संघारमा आइपुगेका छन्।

एमालेले नीति महाधिवेशन गरेर नेतृत्व महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्दैछ। एमालेको यो दसौं महाधिवेशन हो।

कांग्रेसले भने नीति र नेतृत्वका लागि मंसिर ९ देखि १३ सम्म काठमाडौंमा चौधौं महाधिवेशन गर्न लागेको छ।

२०७२ असोज ३ मा नयाँ संविधान जारी भएपछि एमालेले पहिलोपटक महाधिवेशन गर्न लागेको हो। एमालेले ०७१ मा नवौं महाधिवेशन गरेको थियो भने कांग्रेसले संविधान जारी भएकै वर्ष फागुनमा तेह्रौं महाधिवेशन गरेको थियो।

संविधानअनुसार राज्यका संरचना मात्र होइन, वैधानिक राजनीतिक दलका संरचना पनि समावेशी हुनुपर्ने व्यवस्था छ। समाजको विविधता राज्यका अंग र राजनीतिक दलहरूमा पनि प्रतिविम्बित होस् भनेर नै संविधानमा यो व्यवस्था गरिएको हो। समाज जति रङको इन्द्रेणीले भरिएको छ, राज्य वा दलहरू त्यस्तै देखिऊन् भन्ने संविधानको परिकल्पना हो।

प्रकाशित मिति: : 2021-10-25 16:13:00

प्रतिकृया दिनुहोस्