न्युजिल्यान्ड सेमिफाइनलमा, भारत विश्वकपबाट बाहिरियो

Photo: PTI
Photo: PTI

न्युजिल्यान्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार सुपर-१२ को समूह-२ मा अफगानिस्तानलाई आठ विकेटले पराजित गर्दै न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो।

न्युजिल्यान्डको यस जितसँगै उपाधी दाबेदार मानिएको भारत भने विश्वकपको समूह चरणबाटै बाहिरिएको छ। लगातार चार खेल जित्दै समूह-२ बाट  पाकिस्तान सेमिफाइनलमा पुगिसकेको छ। 

न्युजिल्यान्डले १२५ रनको लक्ष्य १८ ओभर एक बलमा दुई विकेट गुमाएर पुरा गर्‍यो। न्युजिल्यान्डको जितमा कप्तान केन विलियम्सनले सर्वाधिक ४० रन जोडे। डेभोन कोनवेले ३६ रनको योगदान गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १२४ रनको योगफल तयार पार्‍यो।  

अफगानिस्तानका नजिबुल्लाह जदरनले सर्वाधिक ७३ रन जोडे। न्युजिल्यान्डका  ट्रेन्ट बोल्टले सर्वाधिक तीन विकेट हात पारे।

यता, समूह एकबाट भने इंग्ल्यान्ड र अष्ट्रेलिया ​पनि सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

प्रकाशित मिति: : 2021-11-07 19:45:00

प्रतिकृया दिनुहोस्