असफल नेताको सम्भावित यात्रा

गोरखापत्र

काठमाडौं

डा. सुरेश आचार्य

विक्रम संवत् २०७८ को तिहार सकिएको छ । मुलुकमा यमपञ्चक सुुरु भएसँगै नेकपा (एमाले)का प्रदेश सरकारलाई कसैले बचाउन सकेन । मुलुकमा दुईतिहाइको बहुमतको सरकारको नेतृत्व गर्नुभएका केपी शर्मा ओली प्रमुख रहेको दलको अब प्रदेशमा पनि सरकार रहेन । प्रधानमन्त्रीबाट बहिर्गमन हुने तयारीसँगै चुना लाग्दै गएका प्रदेश सरकारहरू तिहारको दिन सुरु हँुदै गर्दा देशभरबाट बिदा भए ।

तिहारमा हात लागेको यो अपसगुनका बीच एमाले कार्यकर्ता सम्भवतः भारी मन लिएर फेरि राजनीतिक मैदान फर्कने तयारीमा होलान् । २०७८ सालको पूर्वाद्र्धमा नै एमालेमा यसरी राजनीतिक कोरोना लाग्यो, प्रधानमन्त्रीबाट अपदस्थ हुनु केही दिन अघिसम्म पनि सम्भवतः ओलीलाई यसको आभाष थिएन ।

उहाँ बडो रौनक तवरमा आफ्ना विरोधी दल र नेताहरू विरुद्ध वाक युद्धमा प्रस्तुत हुँदै हुनुहुन्थ्यो । दिग्विजय जति सबै ओलीका नाममा लेखिएका छन् र अरू सबै निरीह प्राणी हुन् भन्ने सोचले काम गरेको थियो ।

एमालेका नाममा जितेका स्थानीय सरकारमा अहिले पनि ओलीको वर्चस्व कायम छ । यतिबेला एमालेको बचेखुचेको राजनीतिक सम्पत्ति यति मात्रै हो । सातमध्ये चार वटा प्रदेश सरकार बनाएको एमाले अब रित्तो भएको छ । कुनै समय थियो, प्रदेश २ बाहेकका सबै सरकार ओली नेतृत्वको पार्टीअन्तर्गत थिए र ओलीलाई प्रदेश सरकार भनेका सङ्घीय सरकार मातहतका निकाय हुन् भन्ने आँट आउने गथ्र्याे । यसो भन्नका लागि उहाँलाई आज पनि कसैले रोक्न सक्दैन । उहाँले आफ्ना अभिव्यक्ति दोहो¥याउन सक्नु हुन्छ, तर सङ्घीयता विरुद्धका यी अभिव्यक्ति अब कुनै प्रदेश सरकारले मौन भएर स्वीकार गर्ने छैनन् ।

प्रकाशित मिति: : 2021-11-09 08:31:00

प्रतिकृया दिनुहोस्