तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएको छन्।
कात्तिक २० देख २२ गतेसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो। चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जानकारी दिए।
नेपालबाट प्रतियोगितामा श्रेष्ठसहित अशोक खड्का, मीन न्यौपाने, रवीन्द्र मल्ल, जितसिंह लामा र दीपेन्द्र ढकालले निर्णायकको भूमिका निर्वाह गरेका थिए। श्रेष्ठ यसअघि २०१९ को जुलाइमा जोर्डनमा भएको एशियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि उत्कृष्ट निर्णायक चुनिएका थिए।
श्रेष्ठ १३ औँ दक्षिण एशियाली खेलकूद (साग)को नेपाली तेक्वान्दो टोलीका मुख्य प्रशिक्षक पनि थिए। सागको तेक्वान्दोमा नेपालले १२ स्वर्ण, ६ रजत र ११ कास्य पदक जितेको थियो। २७ खेल समावेश सागमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेल तेक्वान्दो हो।