आमसभामा स्थानीय भेला नभएपछि जनकपुरबाट फर्किए प्रचण्ड

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जनकपुरबाट काठमाडौँ फर्किएका छन्।

महोत्तरीको राम–गोपालपुरमा हुने भनिएको आमसभामा स्थानीयहरू भेला नभएपछि उनी काठमाडौँ फर्किएकाे माओवादीनिकट स्राेतले जनाएकाे छ।

अध्यक्ष प्रचण्डले आमसभालाई सम्बोधन गर्दै राम–गोपालपुर गाउँपालिकाकाको स्वास्थ्य चाैकी भवन एकसाथ उद्घाटन गर्ने कार्यक्रम थियो। तर, उक्त आमसभामा स्थानीयको उपस्थिति कम हुने भएपछि अध्यक्ष प्रचण्ड रामा होटलमा माछाभात खाएर काठमाडौँ फर्किएका  हुन्।

उक्त आमसभामा भाग लिन प्रचण्डसँगै स्थायी कमिटी सदस्य मातृका यादव पनि आएको माओवादी स्रोतले बतायो। 'अध्यक्ष प्रचण्डको स्वास्थ्यमा अचानक समस्या देखिएपछि प्रदेश कमिटीको निर्देशन बमोजिम कार्यक्रम स्थगित गरेका छौं,' माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले भने।

स्रोतकाअनुसार माओवादी महोत्तरीमा कमजोर भएको भन्दै इञ्चार्ज खड्काले आमसभामा १० हजार स्थानीय भेला गर्ने आश्वशन दिएर प्रचण्डलाई बोलाएका थिए। तर भेलामा एक हजार नेता–कार्यकर्ता उपस्थित भएनन्।

यता माओवादीले प्रचण्डको स्वास्थ्यमा समस्या देखिएपछि कार्यक्रम  स्थगित गरिएको जनाएको छ।

प्रकाशित मिति: : 2021-11-13 14:43:00

प्रतिकृया दिनुहोस्