रौतहटमा भारतीय कार दुर्घटना, चार जनाको मृत्यु

रौतहटको यमुनामाई गाउँपालिकास्थित भारतीय कार दुर्घटना भएको छ।

भारतीय नम्बर प्लेट युके१२सी २९०० कार  शनिबार राति १० बजेतिर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको एसपी विनोद घिमिरेले जानकारी दिए।

उनका अनुसार कार सडक तलको खाल्डोको पानीमा डुबेको अवस्थामा फेला परेको हो। ज्यान गुमाउनेको नाम खुल्न बाँकी छ।

प्रकाशित मिति: : 2021-11-14 08:50:00

प्रतिकृया दिनुहोस्