फिल्म ‘सत्यम’ बाट बाहिरिइन् मलिका, अनुबन्ध भइन् उपासना 

File photo
File photo

फिल्म ‘सत्यम्’ मा अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्ध भएकी छन्। 

फिल्मबाट अभिनेत्री मलिका महत बाहिरिएपछि उपासना अनुबन्ध भएकी हुन्। 

 उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन्। उनीहरुलाई पहिलो पटक ठूलो पर्दामा एकसाथ देखिन लागेका हुन्। 

मलिका फाइनल हुनुअघि निर्माण टिमले यो फिल्ममा उपासनालाई नै लिन चाहेका थिए तर कुरा नमिलेपछि मलिकलाई लिएको थियो।

पढाई र सुटिङको समय तालिका नमिल्ने भएपछि नायिका महतले फिल्ममा काम नगरेको बताइएको छ। 

प्रकाशित मिति: : 2021-11-15 12:00:00

प्रतिकृया दिनुहोस्