अन्तर्वार्ता : काेराेना महामारी सकिएको घोषणा गर्ने बेला भएको छैन, तेस्रो चरणको जोखिममै छौँ

शिलापत्र

दिनेश गौतम

गत २७ वैशाखमा ५१.८ प्रतिशत पुगेको कोरोना संक्रमणदर आइतबार ३ प्रतिशतमा झर्‍यो । ५ प्रतिशतभन्दा कम संक्रमणदर भएपछि जोखिम कम भएको मानिन्छ । घट्दो संक्रमणको ग्राफले खुसीको संकेत दिएको छ । तर, कोरोनाको दोस्रो लहर सकिन धेरै समय लाग्यो । अब कोरोनाको दोस्रो लहर बिदाइको चरणमा पुगेको हो ? अथवा जोखिम कायमै छ ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलसँग कोरोना महामारीको पछिल्लो अवस्थाबारे शिलापत्रका लागि दिनेश गौतमले गरेकाे कुराकानीको सम्पादित  अंश ः

नेपालमा अहिले कोरोना महामारीको स्थिति के हो ?

पछिल्ला केही दिनको तथ्यांक हेर्दा संक्रमणदर ५ प्रतिशतभन्दा तल झरेको छ । विशेषगरी ५ सयभन्दा बढी सक्रिय संक्रमित भएको जिल्ला ललितपुर मात्र छ । २ सयभन्दा बढी मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, कास्की, नवलपरासी पूर्व, रूपन्देही, बाँके र कैलाली छन् । मनाङ, हुम्ला र डोल्पामा शून्य संक्रमित छन् । कुनै समय ५ सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्ला ५० भन्दा बढी थिए । अहिले ललितपुर मात्र छ । काठमाडौंमा ४ सय २८, भक्तपुरमा ४ सय ७५ र ललितपुरमा ५ सय २७ सक्रिय संक्रमित छन् । परीक्षण दिनदिनै फरक छ । यद्यपि परीक्षण १० हजार हुँदा नयाँ पोजिटिभ संख्या ३ सयको हाराहारीमा छ । त्यसो त यो परीक्षण र कन्ट्याक्ट ट्रेसिङ यथेस्ट होइन । कुनै समय २४ हजारसम्म परीक्षण गरेका थियौँ । जसमा ९ हजारभन्दा बढी सक्रिय संक्रमित थपिएका थिए । त्यो स्थितिबाट ३ सयको हाराहारीमा आइपुगेका छौँ । 

प्रकाशित मिति: : 2021-11-15 13:10:00

प्रतिकृया दिनुहोस्