एक्लै आन्दोलनमा बार, किन निष्क्रिय भयो पापड ?

अनलाइनखबर

काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन आन्दोलनमा उत्रिएको तीन साता नाघिसक्यो।

न्यायालय शुद्धीकरणको मागसहित न्यायालयभित्र न्यायाधीशहरु र बाहिर कानुन व्यवसायीले आन्दोलन गरिहँदा राजनीतिक दलहरु ‘रमिते’ बनिरहेको आक्षेप लागिरहेकै छ।

‘वार कि पार’ गर्ने उद्घोष गर्दै सुरु बारको आन्दोलनमा राजनीतिक दल त बोलेका छैनन् नै राष्ट्रिय मुद्दामा हर समय बारसँगै रहँदै आएका अरु पेसागत संघसंगठन पनि मौनजस्तै देखिन्छन्, मुख खोलेकाहरुले स्पष्ट बोलिरहेका छैनन्।

कानुन व्यवसायीहरुको ठूलो समूह गोलबद्ध आन्दोलनमा वृहत नागरिक आन्दोलन, चार पूर्वप्रधानन्यायाधीश, पूर्वन्यायाधीश समाज साथमा छन् तर यो पर्याप्त छैन। त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा न्यायालयभित्रको भ्रष्टाचार हटाउने मागसहित सुरु आन्दोलनलाई अरु पेशाकर्मीले पनि साथ दिनुपर्ने बताउँछन्।

 

प्रकाशित मिति: : 2021-11-16 16:57:00

प्रतिकृया दिनुहोस्