एमाले लिवरल पार्टी होला भनेको बीजेपी लाइनमा गयो

अनलाइनखबर

डा.मीना पौडेल

नेकपा एमालेलाई अहिले हेर्दा अप्ठ्यारो परिस्थितिमा छ। पार्टी फुटेर कमजोर भएको छ। धनाढ्यहरू एमालेतिरै लागेकोले आर्थिक रूपमा त कमजोर नहोला।

व्यापारी, एनजीओ लगायत ठूला-ठूला दातादेखि व्यक्तिगत दाताहरू पनि एमालेतिरै छन्। तर सैद्धान्तिक र राजनीतिक रूपमा भने एमाले धेरै कमजोर भएको छ। उक्त पार्टीको भर्खरै सम्पन्न विधान महाधिवेशनसँग सम्बन्धित दस्तावेजहरू सरसर्ती पढ्दा यो निष्कर्ष निकाल्न सकिन्छ।

२०४९/५० तिर एमालेसँग एउटा धारिलो र प्रष्ट सैद्धान्तिक धार थियो। यद्यपि उसले उदार लोकतान्त्रिक बजारमुखी धार त समाइसकेको थियो तर पनि तुलनात्मक रूपले ऊ एउटा आशलाग्दो शक्ति थियो। किनकि एमालेसँग उदारीकरण भित्रै पनि मुलुकलाई कुन दिशामा लैजाने भन्ने केही राजनीतिक दृष्टिकोण पनि थियो।

प्रकाशित मिति: : 2021-11-19 16:59:00

प्रतिकृया दिनुहोस्