'रन फर प्रोटिन हाफ म्याराथन' पुस पहिलो साता

Photo : NK
Photo : NK

पुस पहिलो साता ‘रन फर प्रोटिन हाफ म्याराथन’ आयोजन हुने भएको छ। आयोजक नेपाल भेटनरी एसोसिएनले आइतबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै ३ पुस (शनिबार) मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा म्याराथन हुने जानकारी गराएको हो।

प्रतियोगितामा खुला हाफ म्याराथान, पुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई ५ किमि ९पुरुष० र ३ किमि (महिला) र फरक क्षमता भएकाहरूको लागि व्ह्विलचियर गरि ६ बिधा समावेश गरेको नेपाल भेटनरी एसोसिएनका अध्यक्ष डाक्टर सितलकाजी श्रेष्ठले जानकारी गराए।

म्याराथन पुरुष र महिला दुवै बिधामा हुनेछ। यस्तै, १० किलोमिटर खुला, ५ किलोमिटर खुला, ५ किलोमिटर पुरुष ९१२ कक्षासम्म०, ३ किलोमिटर महिला ९१२ कक्षासम्म० र व्ह्विलचियर दौड हुनेछ।

हाफ म्याराथनको महिला तथा पुरुषको विजेताले समान एक लाख रुपैयाँ हात पार्ने छन्। दोस्रो हुनेले ७५ हजार, तेस्रो हुनेले ५० हजार, चौथो हुनेले ४० हजार र पाँचौँ हुनेले ३० हजार रुपैयाँ हात पार्ने छन्।

१० किलोमिटरका विजेताले ५० हजार, दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले ३० हजार, चौथो हुनेले २० हजार र पाँचौँ हुनेले १० हजार रुपैयाँ हात पार्ने छन्।

५ किलोमिटर पुरुषतर्फ र ३ किलोमिटर महिलातर्फको विजेताले समान ३० हजार रुपैयाँ हात पार्ने छन्। दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने छन्।

व्ह्विलचियर विजेताले ३० हजार, दोस्रो हुनेले २० हजार, तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार र पाँचौँ हुनेले ५ हजार रुपैयाँ हात पार्ने आयोजकले जनाएको छ। पुरस्कारमा मात्रै १० लाख ५० हजार रहेको छ। म्याराथनमा करिब २ हजारको सहभागी हुने अनुमान गरेको एसोसिएनका अध्यक्ष डाक्टर श्रेष्ठले जानकारी गराए।

म्याराथन दशरथ रंगशालाबाट सुरू भएर थापाथली, माइतीघर, नयाँ बानेश्वर, तिनकुने, कोटेश्वर, गठ्ठाघर, राधे–राधे ९भाटभटेनी स्टोर० हुँदै सोही रुट फिर्ता भई दशरथ रंगशालामा आएर टुंगिनेछ।

यस प्रतियोगितामा नेपाल दाना उद्योग संघ, नेपाल पशुपछी औषधि व्यवसायी संघ, नेपाल ह्याचरी उद्योग संघ, नेपाल अण्डा उत्पादक संघलगायतका संस्था सहयोगीको रुपमा रहेका छन्। दौडलाई नेपाल एथलेटिक्स एसोसिएसनले मान्यता दिनुका साथै प्राविधिक सहयोग समेत गरेकोे सचिव आरके विष्टले जानकारी गराए।

प्रकाशित मिति: : 2021-11-21 13:25:00

प्रतिकृया दिनुहोस्