सुडानका अपदस्थ प्रधानमन्त्री ह्यामडकको पुनर्बहाली

Photo:aljazeera
Photo:aljazeera

केही साताअघि त्यहाँको सेनाले सत्ताच्युत गरेका सुडानका प्रधानमन्त्री अबदल्ला ह्यामडक पुनः प्रधानमन्त्री बनेका छन्। सुडानी सेनाका प्रमुख अब्देल फताह अल बुरहान र ह्यामडकबीच राष्ट्रपति निवासमा भएको एक सम्झौतापछि सेनाले ह्यामडकलाई पुनस्र्थापित गरेको हो।

एक महिना अगाडि सेनाले ह्यामडक नेतृत्वको सरकारलाई अपदस्थ गरेको थियो। अपदस्थपछि ह्यामडकलाई सेनाले घरमै नजरबन्दमा राखेको थियो। सेनाको कुको अन्तर्राष्ट्रिय समुदायले निन्दा गरेको थियो। सेनाको कदमको विरोधमा राजधानी खार्तुमलगायत देशका प्रमुख सहरहरुमा विशाल प्रदर्शन भएका थिए। 

सेनाले सत्ता नियन्त्रण लिएपछि भड्किएको हिंसामा ४० जनाको मृत्यु भएको थियो। सहमतिअनुसार ह्यामडकले संक्रमणकालीन सरकारको नेतृत्व गर्नेछ। त्यस्तै, सेनाले सम्पूर्ण बन्दीलाई रिहा गर्ने भएको छ। ‘सुडानीको रगत मूल्यवान छ। रक्तपात अन्त्य गरौं र युवाको उर्जालाई विकास निर्माणमा सदुपयोग गरौं’, ह्यामडकले भनेका छन्। 

प्रकाशित मिति: : 2021-11-22 08:07:00

प्रतिकृया दिनुहोस्