‘१५ लाख डुबाएँ मुश्किलले बाँचेर आएँ’

अनलाइनखबर

काठमाडाैं

साथीभाइको विदेश जाने लहर थियो । मामा किरण नेपालीले टर्की जाने कुरा सुनाउनुभयो । मैले भर्खर १२ कक्षाको पढाइ सकेको थिएँ । मलाई पनि जाऊँ जाऊँ लाग्यो । २२ वर्षको उमेरमा युरोप छिरेर ‘सेटल’ हुन पाए भविष्य बन्छ भन्ने थियो ।

टर्कीमा बस्दै आएकी दमक–८ की गीता काफ्ले एजेन्ट रहिछिन् । मामाले भेट गराउनुभयो । काठमाडौंमा कुराकानी हुँदा उनले सजिलै दिल्लीदेखि टर्की उड्ने सपना देखाइन् । हामी दिल्ली पुग्यौं । डेढ महीना होटलको बास भयो । भिसा आउने कुनै अत्तोपत्तो छैन । होटलको बिल बढेको बढ्यै । यसरी हुँदैन भनेर हामी नेपाल फर्कियौं ।

अब नेपालबाट सीधै जान मिल्ने भए मात्रै जाने भन्ने हाम्रो सोच भयो । स्याङ्जा घर भएका अर्का एजेन्ट विष्णु गुरुङसँग गीताले चिनजान गराइन् । उनीहरूले नेपालदेखि नै हामीलाई उडाउने आश्वासन दिए ।

मैले १२ लाख र मामाले ९ लाख रुपैयाँ बुझाइसकेका थियौं । काठमाडौंमा डकुमेन्ट छोडेर हामी घर फक्र्यौं । एकदिन भिसा लाग्यो भनेर हामीलाई काठमाडौं बोलाए । तर फेरि होटलमा एक हप्ता बस्नु पर्‍यो । पठाउने  सुरसार नै देखिएन । उनीहरूले सीधै टर्की नभई दुबई पठाउने र त्यहाँबाट टर्की उडाउने कुरा गरे । त्यसरी जान त मन थिएन । तर पैसा बुझाइसकेका थियौं । नगए रकम फिर्ता नहुने अडान उनीहरूले राखे । बाध्य भएर जान तयार भयौं ।

प्रकाशित मिति: : 2021-11-22 11:09:00

प्रतिकृया दिनुहोस्